News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जा प्रहरीले सामाजिक सञ्जालमार्फत महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई नियन्त्रणमा लिएको छ।
- ठकुरीले नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो बनाएर पीडित महिलाका आफन्तलाई पठाउने र धम्की दिने कार्यमा संलग्न रहेको आरोप छ।
- सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
२१ चैत, स्याङ्जा । सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो तयार पार्ने, ती सामग्री इन्टरनेटमार्फत पीडित महिलाका आफन्तहरूलाई पठाउने तथा गालीगलौज र धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पुतलीबजार नगरपालिका–८ निवासी ठकुरीलाई चैत १९ गते पुतलीबजार–१ स्थित शहीदचोकबाट नियन्त्रणमा लिइएको डिएसपी चौधरीले बताए ।
घटनासम्बन्धी विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेको छ ।
-रामबहादुर रोकाहा
प्रतिक्रिया 4