+

पीएम कपमा एपीएफको दोस्रो जित, कर्णाली सहजै पराजित

२०८२ चैत  २१ गते १२:५८ २०८२ चैत २१ गते १२:५८
पीएम कपमा एपीएफको दोस्रो जित, कर्णाली सहजै पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ क्लबले पीएम कप क्रिकेटमा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ।
  • कर्णालीले दिएको १०८ रनको लक्ष्य एपीएफले १२ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गरेको हो।
  • एपीएफका कमलसिंह ऐरीले ४ विकेट लिए भने अभिशेष गौतमले ४ विकेट लिए, कप्तान रोहित पौडैलले १ विकेट लिए।

२१ चैत, काठमाडौं । एपीएफ क्लबले पीएम कप क्रिकेटमा कर्णाली प्रदेशमाथि सहज जित हासिल गरेको छ । शनिबार जनकपुरमा भएको खेलमा एपीएफले कर्णालीलाई १० विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १०८ रनको लक्ष्य एपीएफले १२ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्‍यो । आसिफ शेखले ३८ बलमा अविजित ६५ तथा दीपक बोहराले ३४ बलमा अविजित ४२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३६ ओभरमा अलआउट हुँदै १०७ रन मात्र बनाएको थियो । अर्जुन घर्तीले अविजित ३८ रन बनाए भने दीपेन्द्र रावतले २५, रविन्द्र शाहीले १८ अनि सुनिल धमलाले १७ रन बनाए ।

एपीएफका कमलसिंह ऐरीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए भने अभिशेष गौतमले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए । कप्तान रोहित पौडैलले १ विकेट लिए ।

प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो । एपीएफले यसअघि काठमाडौंस्थित माथिल्लो मुलपानीमा बागमती प्रदेशलाई हराएपछि जित निकाल्न सकेको थिएन ।

६ खेलमा एपीएफको ५ अंक भएको छ । कर्णालीले भने ६ खेलमा ९ अंक मात्र जोडेको छ ।

एपीएफ क्लब कर्णाली प्रदेश क्रिकेट पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय