+
+
Shares

यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ : मन्त्री गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते ११:५५

२० चैत, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन् ।

डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउन काम गर्नुपर्ने छ । सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि काम गर्नुपर्ने छ’ उनले भनिन् ।

यसका लागि सरकार र संसदबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उनले बताइन् ।

युवाहरूको आशा सम्बेधन गर्ने गरी संसद्ले काम गर्नुपर्ने उनले बताइन् ।

अनावश्यक विवादमा नअल्झिएर काम गर्नुपर्ने र यसका लागि सरकार संसद दुवै जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?