+
+
Shares

नेपालका लागि जापानी राजदूतसँग कानुमन्त्रीको भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १३:५४

१० वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेटवार्ता गरेका छन् ।

उनीहरूबीच बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत टोरूले बधाइ एवं शुभकामना व्यक्त गरे ।

साथै , कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको सन्दर्भमा नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयलाई जोड दिँदै सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने लगायतका विषयमा छलफल भएको छ ।

साथै जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने लगायत विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?