News Summary
Generated by OK AI. Editorially reviewed.- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्ने बताइन्।
- उनले संसदलाई जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र परिणाममुखी बनाउन नयाँ र अनुभवी सांसदहरूको उपस्थिति रहेको उल्लेख गरिन्।
- गौतमले लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुने र बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्ने बताइन्।
२२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्ने बताएकी छिन् ।
नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति संसद्मा रहेको बताउँदै उनले लोकतन्त्र केवल भाषण र बहस मात्रै नभएको जिकिर गरिन् ।
प्रतिनिधिसभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने क्रममा उनले बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउने बताइन् ।
‘यसपटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ; यो संसद जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नैपर्छ,’ मन्त्री गौतमले भनिन्, ‘यहाँ नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति छ, जसले मिलेर संसदलाई अझ परिपक्व बनाउन सक्छ ।’
यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्ने उनको भनाइ थियो ।
‘तर हामीले बुझ्नैपर्छ कि लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुन्छ । स्वस्थ बहस आवश्यक छ, तर बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउँछ,’ सांसद गौतमले भनिन्, ‘त्यसैले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस् ।’
प्रतिक्रिया 4