+
+
Shares

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई म्याद थपका लागि अदालत लगियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।
  • उनको बहस जिल्ला अदालतमा सकिएको छ र अदालतले जे आदेश दिन्छ त्यही अनुसार कार्यान्वयन गरिनेछ।
  • शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए र बयान सकेर छोडिएका छन्।

२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला अदालत काठमाडौंमा केहीबेरअघि उनको बहस पनि सकिएको छ ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनको बहस सकिइसकेको छ ।

‘बहस सकिइसकेको छ । अदालतले जे आदेश दिन्छ त्यही अनुसार गर्छौं,’ ठाकुरले भने ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ ।

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?