+
+

भक्तपुरमा पेस्तोलसहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २ गते १७:०२

२ असोज, भक्तपुर । भक्तपुरको गठ्ठाघरबाट पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले भक्तपुरको गठ्ठाघरबाट पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक जलबिरे घर भई हाल मध्यपुरथिमि-७ बस्दै आएका २५ वषर्ीय जीवन श्रेष्ठलाई जिएलपिआई जर्मनी लेखेको एक थान पेस्तोल, एक थान म्यागजिन र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठलाई अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले सुराकीको आधारमा बा४५प ७७७६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठलाई गठ्ठाघरमा चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाई ल्याएको अवस्थामा पक्राउ गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?