+
+
Shares

भैरहवामा रैथाने सडक खाना महोत्सवको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:४१

२२ चैत, बुटवल । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर भैरहवामा सिद्धार्थ रैथाने सडक खाना महोत्सव  आयोजना गरिने भएको छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा चैत ३० गते सिद्धार्थनगर–३ रंगशाला रोडमा पांचौं संस्करणको सडक खाना महोत्सव हुन लागेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

विभिन्न जातजातिका परम्परागत खानाको संरक्षण गर्ने र नयां वर्षमा भैरहवावासीलाई सांगीतिक मनोरन्जन दिलाउने उद्देश्यले आयोजित महोत्सवमा ८० वटा स्टल रहने आयोजक संगठनका अध्यक्ष राजेश महोत्राले जानकारी दिए । महोत्सवमा विशेषगरी थारु, मगर, गुरुङ लगायत समुदायका मौलिक खानाका परिकार तथा कला संस्कृतिलाई प्राथमिकताका साथ प्रस्तुत गरिने महोत्राले बताए ।

महोत्सवमा भैरहवाका ठूला तथा साना होटलहरूले आफ्ना विशेष ‘सिग्नेचर डिश’ का स्टल पनि राख्ने छन् । एक दिने महोत्सवमा करिब ३० हजार दर्शकको सहभागिता रहने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ ।

महोत्सवलाई आकर्षक बनाउन गायिका सिम्रन परियारसहित स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा

टुर एण्ड ट्राभल व्यवसायी चन्द्र थापा,  होटल तथा रेस्टुरेन्ट ब्याबसायी संघ लुम्बिनी प्रदेश महासचिब गणेसप्रसाद बेल्बासे, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले महोत्सवमा भारतीय पर्यटकलाई आकर्षित गर्न सुझाव दिएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?