+
+
Shares

३ करोडसम्मको कर्जा जोखिम भार ६० प्रतिशत 

सरकारको निर्देशन अनुसार केन्द्रीय बैंकले साना तथा मझौला उद्योग कर्जामा जोखिम भार ६० प्रतिशतमा झारेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग कर्जामा जोखिम भार ६० प्रतिशतमा झारेको छ।
  • सरकारको निर्देशन अनुसार ३ करोडसम्मका कर्जाको जोखिम भार घटाइएको हो।
  • निक्षेप तथा कर्जा ग्यारेन्टी फन्ड वा जग्गा तथा घरले पूर्णकभर गरेका कर्जा जोखिम भार ६० प्रतिशतमा कायम हुनेछ।

२२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोडसम्मका कर्जाको जोखिम भार घटाएको छ ।

सरकारको निर्देशन अनुसार केन्द्रीय बैंकले साना तथा मझौला उद्योग कर्जामा जोखिम भार ६० प्रतिशतमा झारेको हो ।

सरकारले शासकीय स्वरूपको बुदाँ ५७ मा साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा हाल रहेको जोखिम भार घटाइ उपयुक्त तहमा झार्ने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले केन्द्रीय बैंकलाई ३० दिनको समय दिएको थियो ।

केन्द्रीय बैंकका अनुसार साना तथा मझौला, कृषि, आईटी, उत्पादनमूलक उद्योगलाई कर्जा दिँदा जोखिम भार ६० प्रतिशत कायम भएको छ ।

त्यसका लागि निक्षेप तथा कर्जा ग्यारेन्टी फन्ड वा जग्गा तथा घरले पूर्णकभर गरेका कर्जा हकमा जोखिम भार ६० प्रतिशतमा झरेको छ । यस्ता कर्जा आयोजना बीमा गरिएको हुनुपर्छ भने घरजग्गाका हकमा बजार मूल्य र ऋणको अन्तर २५ प्रतिशत कायम भएका कर्जाका हकमा लागु हुनेछ । यसभन्दा अघि उल्लेखित कर्जाको जोखिम भार जोखिम तथा सुरक्षणका आधारमा तय हुन्थ्यो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?