News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बुद्धि तामाङ र पवित्रा साँखी चित्रित डकुमेन्ट्री फिल्म प्रदर्शन गरिएको छ।
- सिजाङ पानारोमामा वाङ लिन्जी निर्देशित ‘डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो।
- नेपाल, अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडियाका ९ युवाले चीनमा अनुभव गरेका गतिविधि डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ।
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली कलाकार बुद्धि तामाङ र पवित्रा साँखी चित्रित डकुमेन्ट्री फिल्म प्रदर्शन गरिएको छ ।
निफ अन्तर्गतको सिजाङ पानारोमामा वाङ लिन्जी निर्देशित ‘डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो । सो अवसरमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेत पनि सहभागी थिए ।
नेपाल, अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडियाका ९ युवाले चीनमा अनुभव गरेका गतिविधि यस डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ ।
सांस्कृतिक सम्पदाको संरक्षण, हरित ऊर्जाको विकास, आधुनिक जीवनशैली, वातावरण संरक्षण र उच्च गतिमा प्रविधि तथा विकासलगायतका विषयमा चीनले गरेका कामहरू डकुमेन्ट्रीमा देखाइएको छ ।
निफको सिजाङ पानारोममा पाँच फिल्म प्रदर्शन गरिएको थियो । जसमा फिल्म ‘स्नो लियोपार्ड’ ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वल्र्ड’, ‘सनराइज ओभर द प्लेटो’ र ‘वारियर किङ’ प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया 4