+
+
Shares

सरकार एक्सनमा जाओस्, स्टन्ट गरेर समय बर्बाद नगरोस् : युवराज दुलाल

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई समयको सदुपयोग गरी स्टन्ट गरेर समय बर्बाद नगराउन सुझाएका छन्।
  • उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकार एक्सनमा जाओस् । तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’
  • उनले उत्पीडित वर्गलाई अधिकार दिने संविधानको कार्यान्वयले समाजमा समानता ल्याउने बताए।

२० चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकार एक्सनमा जाओस् । तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’

राज्यको समय ट्रायल गरेर, स्टन्ट गरेर बर्बाद गरियो भने नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहने उनले बताए ।

विगतमा राज्यदारा नै विभेदमा पारिएका वर्ग र समुदाय खासगरी दलित समुदायसँग सरकारले माफी मागेको विषयलाई उनले सकारात्मक भने ।

उत्पिडमा परेका वर्गलाई अधिकार दिने गरी संविधान बनेको र उक्त संविधानको असली कार्यान्वयले समाजमा समानता ल्याउने पनि उनले बताए ।

सभामुखमा निर्वाचित डोलप्रसाद अर्याललाई शुभकामना दिँदै उनले तटस्थताको अपेक्षा गरिएको बताए ।

‘यो बहुमतको पेलान गर्ने थलो नहोस्’ उनले भने ।

जेनजी आन्दोलन व्यवस्थाको विरुद्ध नभएर अवस्था परिवर्तनका लागि भएको भनेर उनले त्यसअनुसारको व्यवहार हुनुपर्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?