+
+
Shares

संसद्‌मा खुश्बु ओलीको प्रश्न : सरकारले ऋण लिन किन हतार गरेको ?

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिनेबारे गरेको निर्णयप्रति प्रश्न गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ठूलो सहुलियत ऋण लिने निर्णयप्रति प्रश्न उठाएकी छन्।
  • उनले संसदमा डिजिटल नेपाल ट्रान्सफर्मेशन र दिगो वित्त परियोजनाका लागि ९० र ९५ मिलियन अमेरिकी डलर ऋण किन लिइयो भनेर सोधिन्।
  • सांसद ओलीले संसदिय समिति र नीतिगत बहस बिना ऋण निर्णय पारदर्शी नभएको र ऋण मागिएको हो कि प्रस्ताव आएको हो भनी प्रश्न गरिन्।

२३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिनेबारे गरेको निर्णयप्रति प्रश्न गरेकी छन् । सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे प्रश्न गरेकी हुन ।

‘ मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसंग छ,’ उनले सोधिन्, ‘कुन संसदिय समिति, कुन नीतिगत बहस, र कुन आवश्यकता प्रथामिकीकरण मूल्याङ्कनका आधारमा यो आकारको निर्णय लिईयो ? हाम्रो संसद अझै शिशु अवस्थामा छ: संसदीय समिति, उपसमितिहरु बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नभएको कुरा स्पष्ट छ ।’

उनले ऋण मागिएको होकि अनुरोधपछि लिने निर्णय गरिएको हो भन्नेबारे पनि प्रश्न गरिन् । ‘सबैभन्दा महत्वपूर्ण प्रश्न: उक्त ऋण हामीले माग गरेका थियौं वा हामी माथि प्रस्ताव आएको थियो ? अफर हो कि अनुरोध ऋण हो ? किन उक्त परियोजनाहरु नै छनोट गरियो ?,’ उनले सोधिन् ।

सांसद वा संसदीय समितिमा छलफल नै नगरी यो आकारको ऋण लिने निर्णय गर्न किन हतार गरियो भन्दै उनले अर्को प्रश्न पनि गरिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?