+
+
Shares

सुदूरपश्चिमको वन मन्त्रीमा कांग्रेसका भट्ट नियुक्त, आजै शपथ

आर्थिक विवादमा परेपछि तत्कालीन वनमन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १५:५६

२३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् ।  सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।

पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका भट्टलाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । जसका लागि साँझ ५ बजेको समय तय गरिएको छ ।

गत असारदेखि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी स्वयम् मुख्यमन्त्री शाहले  सम्हालिरहेका थिए ।

आर्थिक विवादमा परेपछि तत्कालीन वनमन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?