News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको 'दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौंदेखिका बहस' पुस्तक प्रकाशन गरेको छ।
- अर्थमन्त्री वाग्लेले पुस्तकमा समावेश ८ वटा गहन लेखले विगतमा गरेको आर्थिक सुधारको पैरवी स्मरण गराएको बताए।
- पुस्तकले २०७१ देखि २०८२ सम्म नेपालको आर्थिक स्वरूप, संरचनात्मक सुधार र डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, पर्यटनलाई मुख्य शक्तिका रूपमा प्रस्तुत गरेको छ।
२३ चैत, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौंदेखिका बहस’ नामक पुस्तक प्रकाशन गरेको छ ।
यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेलले अर्थमन्त्रालमा विमोचन गरेका हुन् । पुस्तकमा विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८ वटा गहन लेख समावेश गरिएको छ । अर्थमन्त्री वाग्लेले यो पुस्तकले सुधारको लागि विगतमा गरेको पैरवी स्मरण गराएको बताए । आम सरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग हुने उनको भनाइ छ ।
‘विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा छन् । पहिले विषय विज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएन’ उनले भने ‘अन्तत राजनीतिमा आएर अहिले तिनै एजेन्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छु ।’ यिनै दस्तावेजको आधारमा सुधारका कामहरू गर्ने उनले प्रतिबद्धता जनाए ।
पुस्तकमा वि.सं. २०७१ देखि २०८२ सम्मको एक दशक लामो कालखण्डमा नेपालको आर्थिक स्वरूपलाई विभिन्न आयामबाट सुक्ष्म ढङ्गले केलाइएको छ । दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, संघीयताको आर्थिक सबलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तकमा समेटिएका छन् ।
नेपालको उत्पादकत्व वृद्धि शून्य रहेको तीतो यथार्थलाई उजागर गर्दै अब सानातिना सुधारले मात्र नहुने र ‘बिग ब्याङ रिफर्म’ अर्थात् वृहत संरचनात्मक सुधार आवश्यक रहेको तर्क उनको पुस्तकमा उल्लेख छ ।
१०० अर्ब डलर माथिको अर्थतन्त्र पुर्याउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा पुस्तकमा प्रस्तुत गरेका छन् । सेजन अध्यक्ष भागवत भट्टराईले यो पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य वर्तमान अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्रलाई हेर्ने उनको दृष्टिकोणलाई आम नागरिक र सरोकारवालासम्म पुर्याउनु भएको बताए । साथै, आम पत्रकारका लागि उनका नीति र व्यबहारको मूल्याङकन गर्न पनि सहयोग पुग्ने उनले बताए ।
प्रतिक्रिया 4