३ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक व्यवस्थाअनुसार नै गरिने स्पष्ट पारे ।
केही वृत्तमा सरकार प्रचण्ड बहुमतका आधारमा संविधान नै परिवर्तन गर्ने वा हटाउने आशंका व्यक्त भइरहेको भन्दै उक्त धारणा सही नभएको उनले बताए ।
अर्थमन्त्री वाग्लेले चित्त नबुझेका विषयहरू संविधानभित्रै रहेका प्रावधानअनुसार संशोधन गरिने नीति रहेको उल्लेख गरे ।
‘संविधानप्रति अहिलेको सरकार पूर्ण बफदारी छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गछौँ । चित्त नबुझेका कुराहरू संविधानमै लेखेका धाराहरूमा टेकेर सुधार गर्ने रास्वपाको घोषित नीति छ । यति मैले भन्न आवश्यक ठाने । किनकी बाहिर संविधान नै फाल्छन् की प्रचण्ड बहुमत छ भन्ने छ,’ उनले भने, ‘धारा २७४ ले संविधान संशोधनको विधि तय गरिदिएको छ । धारा २७५ ले जनमत संग्रह लगायतका विषयहरूलाई सम्बोधन गरेको छ । दुवै खुड्किलामै टेकेर हामी अघि जाने हो । अहिलेको संघीय ढाँचा प्रदेशिक संरचना स्थानीय सरकारहरू संख्या आकार, उनीहरूको ल्याकत । यी सबैको बारेमा पनि हामी संविधार फ्रेम बाहिर गएर केही गदैनौं ।’
नेपालको संविधान धारा २७४ ले संविधान संशोधनको स्पष्ट विधि तय गरेको र नेपालको संविधान धारा २७५ ले जनमतसंग्रहसम्बन्धी विषयलाई सम्बोधन गरेको बताए ।
प्रतिक्रिया 4