+
+
Shares

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।
  • उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा लिएकी हुन्।
  • समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल लगायतका प्रमुख उपस्थित थिए।

२४ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?