+
+
Shares

कोशी प्रदेशसभा हिउँदे अधिवेशन : भाडाको भवनमा १५ बैठक, तीन विधेयक पारित

जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालय जलेर ध्वस्त भएपछि वीरेन्द्रसभा गृह भाडामा लिएर सञ्चालन गरिएको अधिवेशनमा १५ वटा बैठक बसेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १८:१५

२५ चैत, विराटनगर । तीन वटा विधेयक पारित गर्दै  कोशी प्रदेश सभाको हिउँदे तथा आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालयमा आगजनी भएपछि अन्योल भएको प्रदेशसभा बैठक विराटनगरको वीरेन्द्रसभा गृह भाडामा लिएर गत  माघ २५ गतेबाट आह्वान गरिएको थियो ।

दुई महिना सञ्चालन भएको अधिवेशनले तीनवटा विधेयक पारित गरेको कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । उनका अनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०६९ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कोशी प्रदेश आम–सञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको हो ।

जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालय जलेर ध्वस्त भएपछि वीरेन्द्रसभा गृह भाडामा लिएर सञ्चालन गरिएको अधिवेशनमा १५ वटा बैठक बसेका थिए ।

अधिवेशनको ‘शून्य समय’ मा ८३ जना सांसदले बोलेका थिए । ‘विशेष समय’ लिएर १९ जना सांसदले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?