News Summary
Generated by OK AI. Editorially reviewed.- इनड्राइभले आफ्ना पार्टनर चालकलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ।
- इन्धन सहयोग कार्यक्रम वैशाख २ देखि लागू हुने कम्पनीले जनाएको छ।
- कम्पनीले इन्धन मूल्य वृद्धिले चालकहरूको सञ्चालन खर्च बढेको र आम्दानीमा असर परेको बताएको छ।
२४ चैत, काठमाडौं । विश्वव्यापी मोबिलिटी एन्ड डेलिभरी प्लेटफर्म इनड्राइभले आफ्ना पार्टनर चालकलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ ।
इनड्राइभले वैशाख २ (अप्रिल १५) देखि लागू हुने गरी २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो । नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना चालकलाई कम्पनीले इन्धन सहयोगको घोषणा गरेको हो ।
‘इनड्राइभको पियर–टु–पियर मोडेलले यात्रु र चालकलाई भाडा प्रत्यक्ष रूपमा तय गर्न सक्ने सुविधा समेत प्रदान गर्दछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसले वास्तविक समयको बजार अवस्था र सञ्चालन खर्चलाई ध्यानमा राख्दै न्यायोचित भाडा निर्धारण गर्न सहयोग गर्छ ।’
यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्दै उनीहरूको आम्दानीलाई स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ । नेपालमा राइड–हेलिङ सेवाको विस्तारसँगै थुप्रै चालकहरूका लागि रोजगारीको स्रोत बनेको छ । साथै, यात्रुहरूले पनि सहज र किफायती यातायात सेवा प्रयोग गर्दै आएका छन् ।
तर पछिल्लो समय इन्धन मूल्यमा भएको निरन्तर वृद्धिले चालकहरूको सञ्चालन खर्च बढाएको छ, जसले उनीहरूको दैनिक आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ । अर्कोतर्फ, यात्रुहरू पनि भाडा वृद्धि प्रति संवेदनशील रहेको अवस्थामा बजारमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ ।
कम्पनीले चालक समुदायबाट उठिरहेका चासो र गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै, यातायात क्षेत्रका संरचनात्मक समस्याहरू समाधान गर्न भइरहेको पहललाई समर्थन गरेको जनाएको छ ।
प्रतिक्रिया 4