+

गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी एचजेएनबीएलको फाइनलमा

२०८२ चैत  २४ गते १९:४८ २०८२ चैत २४ गते १९:४८
गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी एचजेएनबीएलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले गोल्डेनगेटलाई ९०-७१ ले पराजित गर्दै हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को फाइनलमा स्थान बनाएको छ ।
  • आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध तीनै खेल जित्दै आफ्नो वर्चश्व कायम राखेको छ ।
  • गोल्डेनगेटले फाइनल पुग्न अर्को अवसर पाउनेछ र टाइम्स र केभीसी हाउण्ड्सबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

२४ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको पहिलो क्वालिफायर खेलमा आर्मीले गोल्डनगेटलाई ८०-७१ ले पराजित गर्दै फाइनल पुगेको हो ।

आर्मीले यस सिजन गोल्डेनगेट विरुद्ध खेलेको तीनै खेल जित्दै आफ्नो वर्चश्व कायम राख्न सफल भएको छ । यसअघि लिग चरणमा दुवै खृलमा आर्मीले गोल्डेनगेटलाई हराएको थियो ।

सुरुवाती क्वाटरसम्म पछि परेको आर्मीले चाैथो क्वाटरमा शानदार प्रदर्शन गर्दै जित हात पारेको हो । पहिलो क्वाटरमा गोल्डेनगेटले २५-१७ को अग्रता बनाएको थियो ।

दोस्रो क्वाटर १३-१३ को बराबरीमा सकिएपछि गोल्डेनगेटले हाफटाईमसम्म ३८-३० को अग्रता बनायो । तेस्रो क्वाटर पनि २४-२१ को अग्रतासहित अन्तिम क्वाटरअघि गोल्डेनगेट ६२-५१ ले अघि थियो ।

तर आर्मीले चाैथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै २९-९ ले आफ्नो पक्षमा पार्दै ८०-७१ ले खेल जितेको हो । आर्मीका कप्तान विनोद महर्जन म्यान अफ दि म्याच घोषित भए ।

आर्मीले शनिबार हुने फाईनलमा स्थान पक्का गर्दा गोल्डेनगेटले भने फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ ।

अब टाइम्स र केभीसी हाउण्ड्सबीच हुने एलिमिनेटरको विजेतासँग गोल्डेनगेटले दोस्रो क्वालिफायर खेल्नेछ ।

एचजेएनबीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय