News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद एवं अधिवक्ता मोहनलाल आचार्यलाई पठाएको छ।
- सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
- आचार्य संवैधानिक कानुन, मानव अधिकार र अन्तराष्ट्रिय कानुनका ज्ञाता तथा अधिवक्ता हुन्।
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद एवं अधिवक्ता मोहनलाल आचार्यलाई पठाएको छ ।
सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यही कार्यदलका लागि रास्वपाले कपिलवस्तु–१ बाट निर्वाचित सांसद आचार्यलाई पठाएको हो ।
संवैधानिक कानुन, मानव अधिकार एवं अन्तराष्ट्रिय कानुनका समेत ज्ञाता आचार्य अधिवक्ता समेत हुन् । उनी विभिन्न संवैधानिक एवं कानुनी अध्ययन र अनुसन्धानमूलक काममा संलग्न थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4