+
+
Shares

डेपुटी गभर्नर पण्डितले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले २४ चैत, काठमाडौंमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • मन्त्रपरिषद्को बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो र शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले सफल कार्यकालको शुभकामना दिएका थिए।
  • पण्डितले २ माघ २०६२ मा सहायक निर्देशकबाट बैंक सेवा सुरु गरी १ फागुन २०८१ मा कार्यकारी निर्देशकसम्म बढुवा भएका छन्।

२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पण्डितले मंगलबार नै पदबहाली समेत गरे ।

मन्त्रपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।

पण्डितले २ माघ २०६२ मा सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६८ सालमा उप–निर्देशक, २०७४ सालमा निर्देशक हुँदै १ फागुन २०८१ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।

कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए । उनले केही समय राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?