+

अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले दिए राजीनामा

२०८२ चैत  २४ गते २१:३४ २०८२ चैत २४ गते २१:३४
अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले दिए राजीनामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले पदबाट राजीनामा दिएका छन् ।
  • उनले फेसबुकमा स्टाटस लेखेर सिद्धान्तगत आधारमा राजीनामा दिएको बताए ।
  • खड्गीले गुटगत प्रभाव र अनौपचारिक अभ्यास बढ्दै गएको उल्लेख गरे ।

२४ चैत, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबार फेसबुकमा स्टाटस लेखेर राजीनामा दिएको जानकारी दिएका हुन् ।

स्टाटसमा उनले संस्थाभित्र बढ्दो सुशासन संकट, अपारदर्शिता र प्रक्रियागत कमजोरीप्रति असन्तुष्टि जनाउँदै सिद्धान्तगत आधारमा राजीनामा दिएको बताएका छन् ।

खड्गीले संस्थागत निर्णय प्रक्रिया पारदर्शी र सहभागितामूलक हुनुपर्नेमा गुटगत प्रभाव र अनौपचारिक अभ्यास बढ्दै गएको भन्दै त्यसप्रति मौन बस्न नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् ।

उनले संस्था व्यक्तिभन्दा माथि हुने विश्वास व्यक्त गर्दै सुधार सम्भव रहेको बताएका छन् ।

अखिल नेपाल टेबल टेनिस संघ सुमन खड्गी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय