News Summary
Generated by OK AI. Editorially reviewed.- टाइम्स बास्केटबल क्लबले केभीसी हाउण्ड्सलाई ७६-६८ ले पराजित गरी एचजेएनबीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
- टाइम्सले दोस्रो क्वालिफायरमा गोल्डेनगेट बास्केटबल क्लबसँग बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
- टाइम्सका श्रेयास बहादुर थापाले २३ अंक स्कोर गरे भने मनिष केसी म्यान अफ दि म्याच घोषित भएका छन् ।
२४ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तगर्त मंगलबार भएको एलिमिनेटरमा टाइम्स बास्केटबल क्लबले केभीसी हाउण्ड्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले हाउण्ड्सलाई ७६-६८ को अन्तरले पराजित गरेको हो । टाइम्सले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा गोल्डेनगेट बास्केटबल क्लबसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
मंगलबारै भएको पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको गोल्डेनगेटले फाइनल पुग्ने अर्को अवसर पाएको हो । पराजित हाउण्ड्स भने लिगबाट बाहिरिएको छ ।
पहिलो क्वाटरमा टाइम्सले २४-१८ को अग्रता लिँदै राम्रो सुरुवात गरेको थियो । दोस्रो क्वाटर हाउण्ड्सले १८-१२ ले आफ्नो पक्षमा पारेपछि हाफटाइसम्मको स्कोर ३६-३६ को बराबरीमा पुगेको थियो ।
त्यसपछि टाइम्सले तेस्रो क्वाटर २१-१२ ले आफ्नो पक्षमा पार्दै चौथो क्वाटरअघि ५७-४८ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वाटरमा हाउण्ड्सले २०-१९ को अग्रता लिएपनि टाइम्सलाई जितबाट रोक्न सकेन ।
लिग चरणमा टाइम्स तेस्रो र हाउण्ड्स चौथो भएको थियो । लिग चरणमा दुवैले एक आपसमा दुई खेल खेल्दा एक-एक खेल जितेका थिए ।
टाइम्सका लागि श्रेयास बहादुर थापाले सर्वाधिक २३ अंक स्कोर गरे भने टाइम्सका मनिष केसी म्यान अफ दि म्याच घोषित भए ।
प्रतिक्रिया 4