News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रहन आठ बुँदे सूचना जारी गरेको छ।
- दूतावासले आपतकालीन अवस्थामा द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न भनेको छ।
- दूतावासले इजरायल सरकारको सूचना पालना गर्न, बम सेल्टरमा जान र सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियो अनावश्यक सेयर नगर्न आग्रह गरेको छ।
२५ चैत, काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ ।
‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।
आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले भनेको छ ।
दूतावासले सार्वजनिक गरेअनुसार द्वितीय सचिव कुमार बहादुर श्रेष्ठको सम्पर्क नम्बर +९७२–५३५३६०७४८ र तृतीय सचिव सचिव सञ्ज कुमार शाहको सम्पर्क नम्बर +९७२–५४५५८२०७७ हो ।
होम फ्रन्ट कमाण्ड लगायत इजरायल सरकार एवम् इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ ।
साथै अलर्ट एसमएस आएमा तथा खतराको संकेत स्वरुप साइरन बजेमा हेलचेक्र्याइँ नगरी आफू नजिकैको बम सेल्टरमा अनिवार्य रुपमा जान भनिएको छ ।
आफ्ना राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्ड लगायतका कागजात आफ्नो साथमै राख्न र विकसित घटनाक्रमको बारेमा नियमित रुपमा अद्यावधिक जानकारी राख्न पनि इजरायलमा रहेका नेपालीहरुलाई भनिएको छ ।
सामाजिक सन्जालमा देखिएका युद्धसम्बन्धी भिडियोहरु अनावश्यक रुपमा सेयर नगर्न, साथीभाइ, परिवार र आफन्तसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले भनेको छ ।

प्रतिक्रिया 4