News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ २ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ पनि प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ पुगेको छ।
२५ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ । अमेरिका, इजरायल र इरानबीच युद्ध अन्त्यका लागि पहल भएसँगै कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत बुधबार सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ थियो । आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँ बढेको हो ।
हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4