News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
- घाइतेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन्।
- एसपी खड्कबहादुर खत्रीले घाइते दुवै पक्षका रहेको र उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए।
२५ चैत, धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए ।
उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उनले बताए ।
घाइते भएकाहरूमा लागुऔषध र चाेरी मुद्दाका रहेको एसपी खत्रीले बताए । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4