+
+
Shares

बन्द र जीर्ण उद्योगहरू सञ्चालन गरियोस् : लिमा अधिकारी

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘सरकारले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायत बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः जागृत गर्ने घोषणा गरेको छ । उक्त घोषणाको म स्वागत गर्न चाहन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले बन्द र जीर्ण उद्योगहरू पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरेकी छन्।
  • अधिकारीले विराटनगर जुटमिल लगायतका उद्योग बन्द हुँदा २० हजार रोजगारी गुमेको बताइन्।
  • उनले औद्योगिक वातावरण सुधारेर रोजगारी सिर्जना गरी आर्थिक विकासको नयाँ आयाम सुरु गर्नुपर्ने बताइन्।

२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले बन्द र जीर्ण उद्योगहरू सञ्चालन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘सरकारले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायत बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः जागृत गर्ने घोषणा गरेको छ । उक्त घोषणाको म स्वागत गर्न चाहन्छु ।’

यो घोषणालाई अब कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ ।

उनले भनेकी छन्, ‘विराटनगर लगायत मुलुकको सम्पूर्ण प्रतिष्ठानहरूको पुनः सञ्चालन गरी औद्योगिक व्यावसायको वातावरण तथा रोजगारीको अवसर सिर्जना गरी समग्र आर्थिक विकासको नयाँ आयाम सरकारले प्रारम्भ गर्नेछ भन्ने विश्वास लिएको छु ।’

अधिकारी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य भएकी हुन् । सांसद्को रुपमा पहिलो पटक संसद्मा बोल्दा उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भएका आन्दोलनमा सहीद भएकाहरूलाई सम्झिइन् ।

साथै उनले नेताहरू बीपी कोइराला, पुष्पकाल श्रेष्ठ, तुल्सीलाल अमात्य, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र भरतमोहन अधिकारीलाई पनि स्मरण गरिन् ।

पछिलो तीन दशकमा भएको भ्रष्टाचार, कुशासन, दण्डहिनता र स्वार्थ केन्द्रित सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा र वेरोजगारी जस्ता समस्याका कारण जेनजी आन्दोलन जन्मिएको उनले बताइन् ।

जेनजीले असल शासन चाहेकाले त्यसअनुसार अगाडि बढ्नु अबको गन्तव्य रहेको बताइन् । देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन जनताले रास्वपालाई करिब दुई तिहाइ मत दिएको उल्लेख गर्दै उनले एतिहासिक कार्यभार पूरा गर्नुपर्ने दायित्वमा आफूहरू रहेको बताइन् ।

अब लगानी गर्ने वातावरण बन्नुपर्ने, रोजगारी सिर्जनाका अवसरहरू खोज्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

नेपालको पहिलो उद्योग विराटनगर जुटमिल लगायतका दर्जनौं उद्योग बन्द हुन परेको र बिसौं हजार रोजगारी गुमेको बताइन् । अब बन्द र जिर्ण उद्योग पुनः सञ्चालन गरेर अगाडि जानुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?