News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले प्रतिनिधिसभाका सांसदहरूलाई ललितपुरको सम्पदा हेर्न निम्तो दिएका छन्।
- उनले भने, 'मेरो निर्वाचन क्षेत्र नम्बर २ मन्दिरै मन्दिरको सहर हो' र अरनिकोको घर त्यहाँ रहेको उल्लेख गरे।
- खरेलले महालक्ष्मी नगरपालिकामा पानीको समस्या रहेको र त्यसका लागि काम गर्ने वाचा गरेका छन्।
२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले सांसदहरूलाई ललितपुरको सम्पदा हेर्ने गरी जान निम्तो गरेका छन् ।
‘मेरो निर्वाचन क्षेत्र नम्बर २ मन्दिरै मन्दिरको सहर हो । सम्पदा नै सम्पदाको सहर हो’ उनले बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने । यसको भ्रमण गर्नका लागि उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई समेत आग्रह गरेका छन् ।
अगाडि भनेका छन्, ‘अरनिको त्यहाँ जन्मनुभएको छ । अरनिकोको घर त्यहाँ छ । सम्पूर्ण माननीय ज्यूहरूलाई हेर्न जान पनि आग्रह गर्दछु ।’
ललितपुरको संपदा संरक्षण गर्नुपर्नेमा पनि उनले जोड दिए ।
तर, महालक्ष्मी नगरपालिकामा भने पानीको हाहाकार रहेको बताए । यसको लागि काम गर्ने उनले वाचा गरे ।
बृद्ध र युवा सबैका लागि काम गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4