News Summary
Generated by OK AI. Editorially reviewed.- केयी नेपालले नयाँ वर्ष २०८३ को अवसरमा चैत २७ देखि २९ गतेसम्म देशभर एक्स्चेन्ज क्याम्प आयोजना गर्ने जनाएको छ।
- लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले केयी गाडीका लागि आधिकारिक बिक्रेता भएर क्याम्प सञ्चालन गर्ने घोषणा गरेका छन्।
- क्याम्पमा ग्राहकले पुराना सवारी साटेर नयाँ केयी मोडेल खरिद गर्न सक्ने, नगद छुट, एक्सचेन्ज बोनस, फाइनान्सिङ र अटो बीमा सुविधा पाउनेछन्।
२५ चैत, काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालले देशभर एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । केयी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले क्याम्प सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
क्याम्पबाट ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन अपग्रेड गर्ने अनुभव प्रदान गर्ने उद्देश्य रहेको बिक्रेताले जनाएका छन् । यो एक्सचेन्ज क्याम्प चैत २७ गतेदेखि २९ सम्म (अप्रिल १० देखि १२) देशभरका केयी शोरुमहरूमा हुने छ । यस प्लेटफर्ममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडेलका गाडीहरू खरिद गर्न सक्नेछन् ।
काठमाडौंमा भने यो कार्यक्रम थापाथलीस्थित केयी शोरूम नजिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । ‘कार्यक्रममा लाइभ फूड स्टल र मनोरञ्जनात्मक गतिविधिसहित उत्सवमय वातावरण रहनेछ, जसले ग्राहक तथा परिवारको अनुभवलाई थप रोचक बनाउनेछ’ बिक्रेता कम्पनीले भनेका छन् ।
योजनाअन्तर्गत ग्राहकले नयाँ वर्ष विशेष नगद छुट पाउने, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन पाउने, फाइनान्सिङ सुविधा, अटो बीमा सुविधा पाउने कम्पनीले जनाएको छ । ७ किलोवाट वा ३ किलोवाट चार्जर विकल्प पनि रहेको छ । प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानीमा एक रातको निःशुल्क प्याकेज उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया 4