+
+
Shares

संविधान संशोधनको प्रस्तावमा एमालेले भन्यो- अध्यक्ष हिरासतमा हुनुहुन्छ, एजेण्डा भन्न सकिन्न

नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेकाले संविधान संशोधनको एजेण्डामाथि छलफल हुन नसकेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा भएकाले संविधान संशोधनको एजेण्डामा छलफल हुन नसकेको बताएको छ।
  • सरकारले असिम शाहको नेतृत्वमा गठन गरेको समितिको बैठकमा एमालेका केन्द्रीय सदस्य डा.भिष्म अधिकारीले अध्यक्ष बाहिर आएपछि एजेण्डा तयार पार्ने बताएका छन्।
  • अधिकारिले संविधान संशोधनको विषय खुला गरेर मात्र नहुने, सबै पक्षसँग सघन छलफल र सहमति आवश्यक रहेको उल्लेख गरे।

२५ चैत, काठमाडौ । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेकाले संविधान संशोधनको एजेण्डामाथि छलफल हुन नसकेको बताएको छ ।

संविधान संशोधनका लागि बहस प्रस्ताव तयार पार्न सरकारले असिम शाहको नेतृत्वमा गठन गरेको समितिको बैठकमा एमाले प्रतिनिधिले यस्तो जवाफ दिएका हुन् ।

‘हाम्रो पार्टी अध्यक्षलाई प्रहरीले हिरासतमा राखेको छ । उहाँ हिरासतमा भएकाले संविधान संशोधनको विषयमा छलफल भएको छैन,’ केन्द्रीय सदस्य डा.भिष्म अधिकारीले छलफलमा भने, ‘उहाँ बाहिर आएपछि बैठक बसेर हामी एजेण्डा तयार पार्छौ, अहिले केही भन्न सकिन ।’

संविधान संशोधनको ठोस् एजेण्डाबारे पार्टीले निर्णय लिने बताएका अधिकारीले संविधानको विपक्षमा भने नरहेको बताए । ‘संविधान संशोधनको विषय खुला गरेर मात्र हुन्न, सबै पक्षसँग छलफल गर्नुपर्छ । सहमति लिनुपर्छ,’ उनले भनेका थिए । प्रदेश र स्थानीय सरकार, विषयविज्ञ र सरोकारवालाहरुसँग सघन छलफल गरेर संविधान संशोधन गरिनुपर्ने अधिकारीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?