+
+
Shares

‘एम्प्युटी रनवे नेपाल’ वैशाख अन्तिम साता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्मला फाउन्डेसनले वैशाख २८ गते दरबारमार्गस्थित क्लब प्लेटिनममा ‘एम्पुटी रनवे नेपाल २०२६’ आयोजना गर्ने भएको छ ।
  • कार्यक्रममा कृत्रिम हातखुट्टा प्रयोग गर्ने व्यक्तिहरूले आफ्नो प्रतिभा, आत्मबल र संघर्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
  • कार्यक्रमले ‘साइडलाइनबाट स्पटलाइटसम्म’ नारासहित आत्मविश्वास, क्षमता र पहिचान झल्काउने प्लेटफर्मको रूपमा काम गर्नेछ ।

२६ चेत, काठमाडौं । निर्मला फाउन्डेसनले ‘एम्पुटी रनवे नेपाल २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम आउँदो वैशाख २८ (अप्रिल ११) गते शनिबार साँझ ६:३० बजे दरबारमार्गस्थित क्लब प्लेटिनममा हुनेछ। यस वर्षको नारा ‘साइडलाइनबाट स्पटलाइटसम्म’ राखिएको छ।

यो कार्यक्रम केवल फेसन शो मात्र नभई आत्मविश्वास, क्षमता र पहिचान झल्काउने प्लेटफर्म हो। सहभागीलाई दुई सातासम्म विभिन्न प्रशिक्षण, ग्रुमिङ र व्यक्तित्व विकासका कार्यक्रममार्फत तयार गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा कृत्रिम हातखुट्टा (प्रोस्थेटिक) प्रयोग गर्ने व्यक्तिहरूको हेरचाह र व्यवस्थापनबारे पनि जानकारी दिइनेछ। साथै, सहभागीहरूले आफ्नो प्रतिभा, आत्मबल र संघर्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्।

विश्वभर अप्रिललाई ‘लिम्ब लस अवेयरनेस मन्थ’का रूपमा मनाइने भएकाले यस कार्यक्रममार्फत सचेतना फैलाउने उद्देश्य रहेको छ। विभिन्न पेशा र पृष्ठभूमिका महिला, पुरुष तथा अन्य सहभागीहरू रनवेमा प्रस्तुत हुनेछन्।

आयोजकका अनुसार सौन्दर्य पूर्ण शरीरमा मात्र सीमित नभई आत्मविश्वास, संघर्ष र पहिचानमा निहित हुन्छ। रनवेमा सहभागीहरूले डिजाइनर पहिरनसँगै आफ्नो प्रोस्थेटिकलाई कमजोरी होइन, आफ्नो शक्ति र पहिचानका रूपमा प्रस्तुत गर्नेछन्।

निर्मला फाउन्डेसनले यस कार्यक्रमलाई समान अधिकार, आत्मविश्वास र प्रेरणाको सन्देश दिने अभियानका रूपमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?