+
+
Shares

लसुनको भाउ बढ्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार चिनियाँ सुकेको लसुनको भाउ प्रतिकिलो ५० रुपैयाँले बढेर २ सय ७० रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
  • बुधबार चिनियाँ सुकेको लसुनको भाउ प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो।
  • नेपाली सुकेको लसुनको भाउ भने स्थिर रहँदै प्रतिकिलो १ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

२६ चैत, काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ सुकेको लसुनको भाउ बढेको हो ।

बिहीबार सुकेको चिनियाँ लसुनको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । हिजो बुधबार किलोको २ सय २० रुपैयाँमा किनबेच भएको उक्त लसुन आज बिहीबार भने २ सय सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी कालीमाटीमा सुकेको नेपाली लसुनको भाउ भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ४५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?