+
+
Shares

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन

‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्।
  • सत्तारुढ दल रास्वपाले उपसभामुख पदका लागि उनलाई समर्थन गर्ने निर्णय गरेको छ।
  • रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएका छन्।

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ’ उनले भने ,’ अहिलेको जनअपेक्षाअनुसार उदाउँदो पार्टीहरू एक ठाउँमा उभिनुपर्छ । जनभावनाअनुसार जानुपर्छ भन्ने दृष्टिकोणबाट यो निर्णय भएको छ ।’

रास्वपाले उपसभामुख पदमा सांसद अशोककुमार चौधरी समर्थक रहने जनाएको छ ।

उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?