+
+
Shares

उपसभामुखमा उम्मेदवारीपछि रुबीकुमारीको प्रतिक्रिया- म सक्छु, देशलाई साथ दिन्छु

‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १४:२९

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफू सधैँ देशलाई साथ दिने प्रतिक्रिया दिएकी छन् । बिहीबार सञ्चारकर्मीका प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले आफूले पदीय जिम्मेवारी सम्हाल्नसक्ने पनि बताएकी छन् ।

उपसभामुख उम्मेदवार ठाकुर २५ वर्षकी छन् । उनले यति सानो उमेरमा पदीय जिम्मेवारी सम्हाल्नसक्नेबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै भनिन्,‘म सक्छु ।’

त्यसपछि पत्रकारले ‘नीति नियमका कुरा हुन्छन्, कानुन बनाउने कुरा हुन्छ । संवैधानिक पद हो यो’ भनेर प्रतिप्रश्न गरेका थिए ।

‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु,’ ठाकुरले थप जवाफ दिइन् ।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीले नयाँ इतिहास कोरिरहेको बताए ।

‘नेपालको इतिहासमा पहिलो चोटि सबैभन्दा सानो उमेरको उपसभामुख बन्दै हुनुहुन्छ,’ उनले भने, ‘श्रम संस्कृति पार्टी नयाँ ढंगले काम गर्न आएको हो, हामी नयाँ ढंगले काम गर्न चाहन्छौं ।’

आफ्नो पार्टीमा अर्को उम्मेदवार नभएर २५ वर्षीया ठाकुरलाई नसारेको उनले बताए । ‘हाम्रो पार्टीमा अरु उम्मेदवार नभएको होइन, ऐतिहासिक हो, हाम्रो निर्णय हो,’ उनले भने ।

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई सघाउने रास्वपाले पनि वचन दिएको छ । यस्तै नेपाली कांग्रेसले पनि सघाउने भनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?