+
+
Shares

प्रलोभनमा पारेर महिलाको सम्पत्ति जफत गर्ने पक्राउ

प्रहरी अनुसन्धानबाट उनले सम्बन्ध विच्छेद भएका महिलाहरू खोज्ने, सहयोग गर्छु भनि ल्याएर साथी बनाइ विश्वासमा पारी ललाइ-फकाइ गरी उनीहरूको नाममा भएको अचल सम्पत्ति बैंकमा धितो राख्न लगाइ पैसा निकाल्न लगाउने गरेको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकका उमेश सापकोटालाई महिलालाई प्रलोभनमा पारेर सम्पत्ति जफत गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ।
  • उमेश सापकोटामाथि जबरजस्ती करणको उजुरी दर्ता भएको र दाङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई भक्तपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुर पठाइएको छ।
  • प्रहरी अनुसन्धानले उनले सम्बन्ध विच्छेद भएका महिलालाई विश्वासमा पारी उनीहरूको नाममा रहेको अचल सम्पत्ति बैंकमा धितो राखेर पैसा निकाल्ने गरेको खुलाएको छ।

२६ चैत, काठमाडौं । महिलालाई अतिरिक्त प्रलोभनमा पारेर उनीहरूकै सम्पत्ति जफत गर्ने उमेश सापकोटा पक्राउ परेका छन् । दाङकी एक महिलाको जाहेरीमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-२ घर भई अहिले काभ्रेकै धुलिखेल नगरपालिका ५ श्रीखण्डपुर महाकाली टोली बस्ने ४० वर्षीय उमेश सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज पक्राउ गरेको हो ।

उनीविरुद्ध जबरजस्ती करणको उजुरी पनि छ ।

दाङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ पँलासेबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको जनाएको छ ।

प्रहरी अनुसन्धानबाट उनले सम्बन्ध विच्छेद भएका महिलाहरू खोज्ने, सहयोग गर्छु भनि ल्याएर साथी बनाइ विश्वासमा पारी ललाइ-फकाइ गरी उनीहरूको नाममा भएको अचल सम्पत्ति बैंकमा धितो राख्न लगाइ पैसा निकाल्न लगाउने गरेको खुलेको छ ।

त्यस्तै आफूलाई जग्गासम्बन्धी कारोबार गर्ने व्यापारी बताइ आफूसँग नजिक भएका महिलाहरूको चल-अचल सम्पत्तिको फाइदा लिने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनले आफूसँग नजिकिएका महिलाहरूलाई विश्वासमा पारी लोभःलालच देखाइ सम्बन्धको गलत फाइदा उठाउने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?