News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ‘ए’ क्रिकेट टिमले ओमान, स्कटल्यान्ड र अमेरिकासँग दुई–दुई एकदिवसीय खेल खेल्ने भएको छ।
- नेपाल क्रिकेट संघले मुलपानी क्रिकेट मैदानमा हुने खेलहरूको तालिका सार्वजनिक गरेको छ।
- नेपाल ‘ए’ ले अप्रिल २२ र २४ मा ओमानसँग, मे ६ र ९ मा स्कटल्यान्डसँग, मे ७ र ११ मा अमेरिकासँग खेल्नेछ।
२६ चैत, काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेलहरू खेल्ने भएको छ ।
नेपालमा हुने लिग २ का आगामी दुई शृंखलाका क्रममा नेपालको ‘ए’ टोलीले पनि खेल्ने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले मुलपानी क्रिकेट मैदानमा हुने खेलहरूको तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाल ‘ए’ ले तीनै टोलीसँग दुई–दुई खेल खेल्ने छ । तालिका अनुसार नेपाल ‘ए’ ले पहिलो दुई खेल ओमानसँग अप्रिल २२ र २४ मा खेल्नेछ। त्यसपछि मे ६ र ९ मा स्कटल्यान्ड तथा मे ७ र ११ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल ‘ए’ ले पछिल्लोपटक भारतमा गएर आसामसँग टी-२० शृंखला खेलेको थियो । यस शृंखलामा खेल्ने नेपाल ए को टोली भने घोषणा हुन बाँकी छ ।
लिग २ मा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टिमले ओमान र यूएईसँग अप्रिल २५ लेखि मे ५ सम्म खेल्दैछ । त्यस्तै स्कटल्यान्ड र अमेरिकासँग मे १२ देखि २२ सम्म खेल्दै छ ।

प्रतिक्रिया 4