+
+
Shares

लुम्बिनी प्रदेशसभाको १० औं बैठक बस्दै, यस्ता छन् कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ८:३९

२७ चैत, दाङ । लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनअन्तर्गत १०औं बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ ।

त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि तय भएको छ ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?