+
+
Shares

नेपाली फिल्म ‘कान्स’ मा छनोट भएपछि मनीषा : सिर्जनात्मक कथावाचनको शक्तिको उदाहरण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:१४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग (तिनीहरू)' निर्देशक अविनाशविक्रम शाहको 'अन सर्टेन रिगार्ड' विधामा कान्स चलचित्र महोत्सवमा छनोट भएको छ।
  • निर्माताले कान्स छनोटको खुसीमा राजधानीमा विशेष डिनर आयोजना गरेका थिए, जसमा नेपाली र बलिउड फिल्म क्षेत्रका चर्चित अनुहार सहभागी थिए।
  • अभिनेत्री मनीषा कोइरालाले सामाजिक सञ्जालमा 'तिनीहरू' टिमको प्रशंसा गर्दै कान्स डेब्यूमा खुसी व्यक्त गरेकी छन्।

काठमाडौं । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग (तिनीहरू)’ विश्वप्रसिद्ध कान्स चलचित्र महोत्सवमा छनोट भएपछि यतिबेला नेपाली फिल्म क्षेत्रमा उत्साह छाएको छ । महोत्सवले बिहीबार सार्वजनिक गरेको सूचीअनुसार निर्देशक अविनाशविक्रम शाहको यो फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा परेको हो ।

पहिलोपटक नेपाली कथानक फिल्म कान्सको मुख्य विधामध्ये एकमा छनोट भएपछि निर्माता र निर्देशकलाई चौतर्फी बधाई आइरहेको छ । यही खुसी साट्न निर्माताले बिहीबार बेलुका राजधानीमा एक विशेष डिनर कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा नेपाली र बलिउड फिल्म क्षेत्रका विभिन्न चर्चित अनुहार सहभागी थिए । अभिनेत्री मनीषा कोइरालादेखि लिएर धर्मा प्रोडक्सनमा सहायक निर्देशनको अनुभव सँगालेका प्रवेश गुरुङसम्मको उपस्थिति देखिएको थियो । कार्यक्रममा अन्य नेपाली फिल्म निर्माता र फिल्मकर्मीको पनि उल्लेख्य सहभागिता थियो ।

यस अवसरमा अभिनेत्री कोइरालाले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गरेकी छन् । उनले लेखेकी छन् :

“कस्तो अविस्मरणीय साँभ m! कुमुदानी र प्रवेश गुरुङ, नेपालबाट ‘अन सर्टेन रिगार्ड’ विधामा कान्स चलचित्र महोत्सवमा भएको डेब्यूको खुसीमा यति सुन्दर कार्यक्रम आयोजना गरिदिनुभएकोमा धन्यवाद । त्यहाँ भेटिएका नयाँ पुस्ताका कलाकारहरू आफ्नो सिर्जनाबाट सीमाना तोड्दै अघि बढिरहेका देखेँ । ‘तिनीहरू (एलिफेन्ट्स इन द फग)’ को सम्पूर्ण टिम प्रशंसाको योग्य छ । यो फिल्म सिर्जनात्मक कथावाचनको शक्तिको उदाहरण हो । अर्थपूर्ण संवाद र नयाँ सम्बन्धहरूका लागि आभारी छु । फेरि पनि धन्यवाद, उत्कृष्ट आतिथ्यका लागि ।’

निर्देशक शाहकै अघिल्लो छोटो फिल्म ‘लोरी’ ले कान्समा स्पेसल मेन्सन प्राप्त गरेको थियो । यसवर्षको कान्स १२ मेदेखि २३ सम्म फ्रान्समा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?