+
+
Shares

नेपाली के-पप स्टार ‘हारा’ बारे दक्षिण कोरिया : द्विपक्षीय सम्बन्ध विस्तारको महत्वपूर्ण अध्याय

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाली दूतावासले नेपाली मूलकी के-पप कलाकार हारा को सफलतालाई नेपाल-कोरिया सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण अध्याय भनेको छ।
  • हाराले डिसेम्बर २०२५ मा सात सदस्यीय बहुराष्ट्रिय के-पप समूह एमईपीसीमार्फत औपचारिक रूपमा के-पपमा डेब्यू गरेकी हुन्।
  • हाराले नेपाली पहिचानलाई महत्व दिँदै दुई फरक शैली अनुभव गर्न पाएको बताएकी छन् र उनको यात्रा नेपाली युवाका लागि प्रेरणादायी मानिएको छ।

काठमाडौं । दक्षिण कोरियाली दूतावासले नेपाली मूलकी के-पप कलाकार ‘हारा’को सफलताले दुई मुलुकबीचको सम्बन्ध प्रगाढ र बलियो बन्ने बताएको छ ।

दूतावासका अनुसार नेपालमै जन्मेर हुर्किएकी हाराले डिसेम्बर २०२५ मा सात सदस्यीय बहुराष्ट्रिय के-पप गर्ल ग्रुप ‘एमईपीसी’मार्फत औपचारिक रूपमा के-पपमा डेब्यू गरेकी हुन् । उनी नेपालबाट के-पप क्षेत्रमा प्रवेश गर्ने पहिलो आइडल पनि हुन् । दूतावासले उनको सफलतालाई नेपाल-कोरिया सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण अध्याय मानेको छ ।

कैलालीमा जन्मिएकी २२ वर्षीया सूचना बोहरा ‘हारा’ नामले अहिले प्रसिद्ध छिन् । उनले काठमाडौंमा उच्च माध्यमिक शिक्षा अध्ययन गरिन् भने प्रारम्भिक अध्ययनका क्रममा दार्जिलिङमा पनि पढ्ने अवसर पाएकी थिइन् । त्यहीँबाट संगीतप्रतिको रुचि बढ्दै गएको उनले बताएकी छन् ।

हारा हिप-हप नृत्यमा सक्रिय थिइन् । त्यसले उनलाई के-पपका लागि आवश्यक ताल र प्रस्तुतीमा सहयोग पुग्यो । उनी पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स, कम्युनिकेशन तथा सूचना इन्जिनियरिङ अध्ययन गरिरहेकै बेला के-पप अडिसनतर्फ लागेकी हुन् ।

ब्ल्याकपिंकको ‘पिंक भेनम’ गीत सुनेपछि उनले अडिसन दिने निर्णय लिइन् । त्यसपछि प्रशिक्षण, छनोट प्रक्रिया र अनलाइन भोटिङ पार गर्दै उनी दक्षिण कोरिया पुग्न सफल भइन् ।

हारा आबद्ध ‘एमईपीसी’ समूह जीबीके इन्टरटेनमेन्टअन्तर्गत गठन भएको हो । समूहका सबै सदस्य सन् २०२४ मार्चदेखि कोरियामा प्रशिक्षणमा थिए । उनीहरूको पहिलो एल्बम ‘फस्र्ट फ्राग्मेन्ट’ २०२५ डिसेम्बर ८ मा सार्वजनिक भएको थियो ।

दक्षिण कोरियामा बसाइ सुरुमा चुनौतीपूर्ण रहेको उनले बताएकी छन् । भाषा र खानापान फरक हुँदा कठिनाइ भए पनि वातावरणले काठमाडौंको झल्को दिने भएकाले सहजता महसुस भएको उनको भनाइ छ । हारा आफ्नो नेपाली पहिचानलाई महत्व दिन्छिन् । उनी भन्छिन्, ‘नेपाली संगीतको आफ्नै पहिचान छ, दुई फरक शैली अनुभव गर्न पाउनु मेरो लागि महत्वपूर्ण हो ।’ व्यस्ततालाई बीच पनि उनी नेपाली गीत सुन्ने गर्छिन् ।

हाराको यात्रालाई नेपाली युवाका लागि प्रेरणाको रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?