+
+
Shares

महान्यायाधिवक्ता विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेश भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ(दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबी सहितको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गर्ने आदेश दिएको छ।
  • सर्वोच्च अदालत प्रशासनले कँडेलको नियुक्तिले मौलिक वा कानुन हक हनन भएको नदेखिएको भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेको हो।
  • अधिवक्ता माधव कुमार बस्नेतले कँडेलमाथि निरन्तर वकालत गरेको अनुभव नभएको दाबी गर्दै प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर निवेदन पेस गरेका थिए।

२७ चैत, काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ(दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ ।

महान्यायाधिवक्तामा कँडेलको नियुक्तीले ‘निवेदकको के कस्तो मौलिक वा कानुन हक कसरी हनन् हुन गएको छ भन्ने नदेखिएको’ भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

अधिवक्ता माधव कुमार बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए ।

२६ चैत(बिहीबार) सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले महान्यायाधिवक्ताले कानुनविपरीत काम गरे नियमित अदालतबाट कानुनी उपचार खोज्न सकिने भन्दै रिट निवेदन ल्याउन नहुने जिकिर गरेका हुन् ।

रजिष्ट्रार पोखरेलले जारी गरेको आदेशमा भनिएको छ, ‘यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ताका लागि पेस हुन आएको निवेदन दर्ता गर्न मिलेन । सम्बन्धित पक्षलाई यो आदेशको जानकारी दिई कानुन बमोजिम गर्नू ।’

सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानन्यायाधीशले महान्यायाधीवक्तामा नियुक्त गर्न पाउने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतका न्यायाधीश सरहको महान्यायाधिवक्ताका लागि कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ । महान्यायाधीवक्ता डा. कँडेलमाथि निरन्तर वकालत गरेको अनुभव नभएको भन्ने अधिवक्ता बस्नेतको दाबी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?