News Summary
Generated by OK AI. Editorially reviewed.- लखनउ सुपर जायन्ट्सले आईपीएल २०२६ का लागि वानिन्दु हसरंगाको स्थानमा दक्षिण अफ्रिकी अलराउन्डर जर्ज लिन्डेलाई अनुबन्ध गरेको छ।
- हसरंगा ह्यामस्ट्रिङ चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि लखनउले उनलाई प्रतिस्थापन गरेको हो।
- लिन्डेले १ करोड भारतीय रुपैयाँमा टोलीसँग सम्झौता गरेका छन् र यो आईपीएलमा उनको पहिलो सहभागिता हुनेछ।
२७ चैत, काठमाडौं । लखनउ सुपर जायन्ट्स ले आईपीएल २०२६ का लागि वानिन्दु हसरंगाको स्थानमा दक्षिण अफ्रिकी अलराउन्डर जर्ज लिन्डेलाई अनुबन्ध गरेको छ ।
हसरंगा ह्यामस्ट्रिङ चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि लखनउले उनलाई प्रतिस्थापन गरेको हो । लिन्डेले १ करोड भारतीय रुपैयाँमा टोलीसँग सम्झौता गरेका छन् ।
बायाँहाते ब्याटिङ र स्लो लेफ्ट–आर्म बलिङ गर्ने लिन्डेले दक्षिण अफ्रिकाका लागि टी-२० अन्तर्राष्ट्रियमा ४०३ रन बनाउनुका साथै ३५ विकेट लिएका छन् । आईपीएलमा उनको यो पहिलो सहभागिता हुनेछ ।
आईपीएलको अंकतालिकामा हाल लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ ।
प्रतिक्रिया 4