२८ चैत, पाँचथर । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका १३ जना पाँचथरमा पक्राउ परेका छन् । पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार विभिन्न समयमा १३ जनालाई पक्राउ गरिएको हो ।
शुक्रबार तुम्बेवा गाउँपालिका–२ बाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सुनसरीको झुम्का कारागारबाट भागेका ३५ वर्षीय रमेश लावतीलाई प्रहरी पक्राउ गरेका हो ।
कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भई सजाय भोगिरहेका उनलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । २५ वर्ष सजाय पाएका उनले ७ वर्ष कैद भुक्तान गरिसकेका छन् । उनी घर आएको गोप्य सूचनाका आधारमा प्रहरी पक्राउ गरेको हो ।
फरार कैदी, बन्दीको खोजी कार्य तीव्रताका साथ भइरहेको कर्णले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4