News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते स्टार एरिका गुरुङले चीनको लेसानमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिगको महिला ६८ केजी तौलमाथिको सेमिफाइनल प्रवेश गरेकी छन्।
- एरिकाले समूह चरणका तीनै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् र क्वाटरफाइनलमा स्लोभाकियाकी खेलाडीलाई ८-० ले हराएर सेमिफाइनल पुगेकी हुन्।
- उनले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लिओ र स्पेनकी मारिया गार्सिया टोरेसबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।
२८ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ चीनको लेसानमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिगको महिला ६८ केजी तौलमाथिको स्पर्धामा सेमिफाइनल प्रवेश गरेकी छन् ।
शनिबार समूह चरणको तीनै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेकी उनले क्वाटरफाइनलमा स्लोभाकियाकी खेलाडीलाई ८-० ले हराएर सेमिफाइनल पुगेकी हुन् ।
एरिकाले सेमिफाइनलमा इटलीका फेराकुट्टी क्लिओ र स्पेनकी मारिया गार्सिया टोरेसबीच हुने खेलको विजेतासँग खेल्नेछिन् ।
प्रतिक्रिया 4