News Summary
Generated by OK AI. Editorially reviewed.- गौरीशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरीशंकर सुपर लिग यू-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ।
- प्रतियोगिताको उद्घाटन समारोहमा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की र पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काको उपस्थिति रहेको थियो।
- प्रतियोगितामा १८ टिम सहभागी छन् र यसले स्थानीय स्तरमा क्रिकेट विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
२८ चैत, काठमाडौं । गौरीशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरीशंकर सुपर लिग यू-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ । युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन समारोह विशेष रूपमा सम्पन्न भएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की तथा पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काको उपस्थिति रहेको थियो । त्यस्तै, विशेष अतिथिहरूमा क्यानका प्रवक्ता छुम्बी लामा, पूर्व खेलाडी तथा प्रशिक्षक राजु बस्न्यात, र जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि आशिष घिसिङको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वास कार्कीले गौरिशंकर क्रिकेट एकेडेमीले युवा पुस्तालाई लक्षित गर्दै यस्ता प्रतियोगिता आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताए । उनले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
त्यस्तै, पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्काले पनि आयोजक टिमको प्रशंसा गर्दै क्रिकेटप्रति रूचि राख्ने युवाहरूलाई प्रोत्साहन दिन यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे । उनले खेलकुदले अनुशासन र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख समेत गरे ।
विशेष अतिथिहरूले पनि प्रतियोगिताको सफलताको कामना गर्दै युवा खेलाडीहरूलाई मेहनत, लगनशीलता र खेल भावना कायम राख्न सुझाव दिए ।
उद्घाटन दिनमै दुई रोमाञ्चक खेलहरू पनि सम्पन्न भएका छन् । पहिलो खेलमा जोरपाटी क्रिकेट एकेडेमीले गौरीशंकर क्रिकेट एकेडेमीलाई ९ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो । त्यस्तै, दोस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमीले सीईसी काठमाडौंमाथि ३० रनको प्रभावशाली जित हात पार्यो ।
यस प्रतियोगितामा १८ टिमहरूको सहभागिता रहनेछ र प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया 4