अङ्ग्रेजी वर्ष २०२६ लागेको पनि चार महिना भइसकेको छ । यस बीचमा विश्व सिनेमा अनेकन् फिल्म आएका छन् । तीमध्ये केही त नेपाली हलहरूमा समेत लागे । र हलबाट उत्रिसकेका फिल्महरू नेटफ्लिक्स, डिज्नी, प्राइम भिडियो जस्ता ओटीटी प्लेटफर्ममा पनि उपलब्ध भइसकेका छन्।
अहिलेसम्म प्रदर्शनमा आएका २०२६ का ७ उत्कृष्ट फिल्महरू:
१. ट्वान्टी एट इएर्स लेटर : द बोन टेम्पल

सन् २००२ मा निर्देशक ड्यानी बोयल र पटकथा लेखक एलेक्स गारल्याण्डले ‘ट्वान्टी एट डेट लेटर’मार्फत जोम्बी एपोक्यालिप्स विधालाई एक प्रकारले पुनर्जीवित गरेका थिए । सन् २०२५ मा उनीहरूले ‘ट्वान्टी एट इएर्स लेटर’मार्फत पुन: त्यस्तै धमाका गरे ।
दर्शकको प्रतिक्रिया अनुसार यो पछिल्लो संस्करणको सिक्वेल अझ राम्रो छ । निया डाकोस्टाको निर्देशन र गारल्याण्डको लेखन रहेको यस फिल्मले जोम्बी फिल्मबाट अपेक्षा गरिने सबै डर र हिंसा पस्कनुका साथै एउटा अनौंठोपन पनि दिन्छ । फिल्ममा हामीले मौलिक फोल्क हरर मिथक पनि देख्न सकिन्छ ।
२. माइ फादर्स स्याडो

सन् १९९३ को नाइजेरियाको पृष्ठभूमिमा आधारित एकिनोला डेभिसको यो फिल्म एक जना बुबा र उनका दुई साना छोराहरूको कथा हो । व्यक्तिगत र राजनीतिक विषयवस्तु समेटिएको यो फिल्म निकै मार्मिक छ ।
परिवार पाल्नका लागि धेरैजसो समय बाहिरै काममा बिताउने बुबाको भूमिकामा सोपे दिरिसुले निकै प्रभावशाली अभिनय गरेका छन् । कथाले उनी र उनका छोराहरू लागोस गएको एक दिनलाई पछ्याउँछ, जहाँ उनी आफ्नो बाँकी रहेको पैसा उठाउने प्रयास गर्छन् ।
उनीहरूको यो यात्राले सैन्य तानाशाहीले रद्द गरेको राष्ट्रपति चुनावपछिको अशान्त परिस्थितिलाई देखाउँछ । निर्देशक र उनका भाइ वाले डेभिसले आफ्नै बाल्यकालका सम्झनाहरूमा आधारित भएर यो फिल्म लेखेका हुन् । बाफ्टा अवार्ड विजेता यो फिल्मले लागोस शहरको जीवन्तता र बच्चाहरूको दृष्टिकोणलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ ।
३. हपर्स

हपर्सबाट पिक्सार (एनिमेसन स्टुडियो) पुनः आफ्नो लयमा फर्किएको भनेर भन्न सकिन्छ । किनकि यसको नयाँ फिल्म ‘हपर्स’ले जनावरहरू बोल्ने पुरानो शैलीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ ।
फिल्ममा माबेल नामक पात्र मुख्य भूमिकामा देखिन्छिन् । उनी दृढ इच्छाशक्ति भएकी स्कुले बालिका हुन्छिन् । उनैको दिमागलाई एउटा रोबोटिक बीभरमा ‘हप’ गरिन्छ । यस प्रक्रियाले उनलाई जनावरहरूको कुरा बुझ्न मद्दत गर्छ ।
उनले यो क्षमताको प्रयोग गरेर एक जना भ्रष्ट मेयरविरुद्ध लड्न आफ्ना जनावर साथीहरूलाई एकजुट गर्न कोसिस गर्छिन् । त्यसपछि के हुन्छ भन्ने कुरा फिल्मको कथामा देखाइएको छ । फिल्मको अन्त्यतिर अलि डरलाग्दो भए पनि समग्रमा यो सबैले आनन्द लिन सक्ने साहसिक र रमाइलो फिल्म हो।
४. वुदरिङ हाइट्स

यो फिल्म सन् १८४७ मा प्रकाशित एमिली ब्रोन्टेको एक मात्र उपन्यासमा आधारित छ । फिल्मलाई एमराल्ड फेनेलले निर्देशन गरेकी छिन् । भलै फिल्मले उपन्यासको सबै कथा पछ्याउँदैन । तर, फिल्ममा हामीले दुई पात्रबीचको विषाक्त र अत्यधिक आशक्त प्रेम देख्न सक्छौं ।
फिल्ममा ती पात्रहरू क्याथी र हिथक्लिफको भूमिकामा मार्गोट रोबी र ज्याकब एलार्डीले निकै राम्रो अनिभय गरेका छन् । यो फिल्ममा हामीले अन्य ऐतिहासिक फिल्महरू भन्दा फरक देख्छौं । किनकि यसमा दृश्य र रङहरूको प्रयोग निकै लोभलाग्दो तरिकाले गरिएको छ । यद्यपि यसका केही दृश्यहरू कतिपयलाई अलि बढी नाटकीय लाग्न सक्छ । तर, उपन्यासको मर्म यस फिल्मले मर्न भने दिएको छैन ।
५. प्रोजेक्ट हेल मेरी

यो विज्ञान कथामा आधारित ब्लकबस्टर फिल्म हो । फिल्मले समस्याहरू समाधान गर्न बुद्धिको प्रयोग गर्ने मान्छेहरूको कथा भन्छ । द मार्सियनका लेखक एन्डी वेयरको उपन्यासमा आधारित रहेर बनाइएको यो फिल्मलाई फिल लर्ड र क्रिस्टोफर मिलरले निर्देशन गरेका हुन् । हामीले फिल्ममा अन्तरिक्षमा फसेको एक अन्तरिक्ष यात्रीको उद्धारको कथा देख्छौं । ती पात्र सूर्यको प्रकाश मधुरो पार्ने जीवाणुहरूको अनुसन्धान गर्न अन्तरिक्षमा गएका हुन्छन् । तर, त्यस क्रममा समस्या आउँछ । त्यसपछि के हुन्छ, सो कुरा यो फिल्ममा देखाइएको छ ।
६. टु प्रोसिक्युटर्स

प्रख्यात युक्रेनी निर्देशक सर्गेई लोज्नित्साको यो ड्रामा सन् १९३७ को स्टालिनको शासनकालमा आधारित छ । फिल्मको मुख्य पात्र कोर्नयेभ निकै आदर्शवादी हुन्छ । ऊ सोभियत वकिल पनि हुन्छ ।
उसले राजनीतिक कैदीबाट रगतले लेखिएको गोप्य सन्देश प्राप्त गर्छ । त्यसपछि के हुन्छ भन्ने कुरा फिल्मको बाँकी कथा हो । यो फिल्मले तानाशाही व्यवस्था भित्रको भ्रष्टाचार र अन्यायलाई निकै मिहिन तरिकाले देखाइएको छ । यो एक शक्तिशाली र मर्माहत बनाउने फिल्म हो।
७. डेड म्यान्स वायर

गस भ्यान सान्टको यो थ्रिलर फिल्म टोनी किरिटिसको वास्तविक कथामा आधारित छ । उनले आफ्नो आर्थिक समस्या समाधान गर्न मोर्टगेज ब्रोकरलाई अपहरण गरेका हुन्छन् । उनले त्यसको जानकारी दिन रेडियो स्टेशनमा फोन गरेर आफ्ना कुराहरू सुनाउँछन् ।
त्यसपछि उनी एकाएक चर्चामा आउँछन् । सन् १९७० को दशकको परिवेश र मिडियाको चासोलाई फिल्मले सुक्ष्म तरिकले देखाएको छ । फिल्मले दर्शकलाई हाँसो र सहानुभूति दुवै दिन्छ ।
प्रतिक्रिया 4