News Summary
Generated by OK AI. Editorially reviewed.- दिपल एस०५ ले चाइना गुणस्तर जाँच (जेडी पावर–२०२६)को प्युअर इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ।
- जेडी पावरको एनईभी आईक्युएसमा चीनका ८१ सहरमा ४९ ब्रान्डका १३७ मोडेलमाथि २१ हजार १७७ ग्राहकको प्रतिक्रिया समावेश छ।
- दिपल एस०५ चीनबाट निर्यात हुने सबैभन्दा सफल ईभी हो र नेपालमा ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिने मोडल उपलब्ध छ।
२९ चैत, काठमाडौं । दिपल एस०५ ले चाइना गुणस्तर जाँच (जेडी पावर–२०२६)को प्युअर इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ ।
एस०५ ले जेडी पावर एन ईभी इनिसियल क्वालिटी स्टडीमा पहिलो स्थान हासिल गरेको हो । चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध ईभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ ।
करिब एक वर्षअघि सार्वजनिक भएर ७० भन्दा बढी मुलुकमा करिब दुई लाख युनिट बिक्री भइसकेको दिपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल ईभी हो ।
४.६२ मिटर लामो र २.८८ मिटर ह्विल भएको एस०५ प्युअर ब्याट्री इलेक्ट्रिक (बीईभी) र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (आरईईभी) मा उपलब्ध छ । नेपालमा यो एसयूभी ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीमा उपलब्ध छ जसले ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।
जेडी पावरको एनईभी आईक्युएस चिनियाँ अटोमोटिभ उद्योगको सबैभन्दा विश्वसनीय गुणस्तर जाँचमध्ये पर्छ । २०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्रान्डका १३७ मोडेलमाथि २१ हजार १७७ जना गाडी धनीसँग प्रतिक्रिया लिएर बनाइएको हो ।
यो जाँचमा दुईदेखि ६ महिनाको स्वामित्व भएका ग्राहकको प्रतिक्रिया लिइएको थियो । सफ्टवेयर र एडास जटिलता लगायतका कारणले चिनियाँ बजारले गुणस्तरसम्बन्धी बढ्दो चुनौतीको सामना गर्दै आएको बेला दिपल एस०५ ले बलियो इन्जिनियरिङ र उत्पादन गुणस्तरमा पहिलो स्थान हासिल गरेको हो ।
प्रतिक्रिया 4