News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसंस्थापन पक्षधरलाई मुद्दा मामिला नभई महाधिवेशनको तयारीमा लाग्न आग्रह गर्नुभयो।
- महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने र असन्तुष्टिको विषय महाधिवेशनमै लिएर जान आग्रह गर्नुभयो।
- उहाँले 'यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो' भनी महाधिवेशनमा सहभागी भएर विषय राख्न सबैको हित रहेको बताउनुभयो।
२९ चैत, दाङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिला नभई महाधिवेशनको तयारीमा लाग्न पूर्वसंस्थापन पक्षधरलाई आग्रह गरेका छन् ।
निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे ।
‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,’ उनले भने,’ महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ । म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।’
महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै यसैले कांग्रेसमा नयाँ ऊर्जा र गति दिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4