News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ पनि सोमबार प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
३० चैत, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4