+
+
Shares

सिरहामा नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा नगरपालिकाका नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित गरिएको छ।
  • आन्दोलनका कारण नागरिकले असहजता भोग्नुपरेको भन्दै आन्दोलन स्थगित गरिएको हो।
  • आन्दोलनकारीहरूले रामशरण यादवलाई न्याय नपाएसम्म संघर्ष जारी राख्ने बताएका छन्।

३० चैत, सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित भएको छ ।

आन्दोलनका कारण नागरिकले असहजता भोग्नुपरेको भन्दै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका हुन् ।

नगर प्रमुख डा. नवीनकुमार यादवले स्वास्थ्य शाखामा कार्यरत कर्मचारी रामशरण यादवमाथि कुटपिट गरेको आरोप लगाउँदै कर्मचारीहरू आन्दोलित भएका थिए ।

आन्दोलनका कारण नगरपालिकाले दिँदै आएको सेवा प्रभावित बनेको थियो ।

आन्दोलनरत पक्षलाई सिराहाका प्रमुख जिल्ला अधिकारीले आन्दोलन स्थगित गरेर काममा फर्कन निर्देशन दिएका थिए ।

आन्दोलनरत पक्षले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको हो ।

तर, आन्दोलन पूर्णरूपमा अन्त्य नभएको स्पष्ट पार्दै आन्दोलनकारीहरूले पीडित रामशरण यादवले उचित न्याय नपाएसम्म र दोषीमाथि कडा कानुनी कारबाही नभएसम्म संघर्ष जारी राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?