३० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले सोमबार दिउँसो बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए ।
अन्य सबै प्रदेशका सांसदहरूसँग उनले यसअघि नै छलफल गरिसकेका छन् । सोमबार भने उनले बागमतीका सांसदहरूसँग छलफल गरेका हुन् ।
उनले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने समाधानका उपाय लगायतबारे छलफल गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4